Jeremiah 36:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि राजाले यरहमेल राजकुमारलाई अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई लिएर म र मेरो सचिव बारूकलाई पक्रने हुकुम गरे। तर परमप्रभुले हामीहरूलाई लुकाउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई लेखक बारूक र यर्मिया अगमवक्तालाई पक्रेर ल्याउने हुकुम गरे। तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अब्दीलका छोरा शेलेम्याहलाई शास्त्री बारूक र यर्मिया अगमवक्तालाई पक्रने आदेश दिए। तर याहवेहले तिनीहरूलाई लुकाउनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।