Jeremiah 36:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरूमाथि म कस्‍तो-कस्‍तो विनाश ल्‍याउनेछु, त्‍यो सुनेपछि सायद तिनीहरूले आफ्‍ना दुष्‍ट चाल छोड्लान्। तब म तिनीहरूका दुष्‍कर्म र पापहरू क्षमा गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शायद मैले तिनीहरूमाथि ल्‍याउने प्रत्‍येक सर्वनाशका योजनाको विषयमा जब यहूदाका मानिसहरूले सुन्‍नेछन्, तब तिनीहरू हरेकले आफ्‍ना दुष्‍ट चाल छोड्‌नेछन्, अनि म तिनीहरूका दुष्‍टता र पाप क्षमा गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सायद मैले तिनीहरूमाथि ल्याउन लागेको हरेक विपत्तिको बारेमा जब यहूदाका मानिसहरूले सुन्लान्, र तिनीहरू हरेक आफ्नो दुष्‍ट मार्गहरूबाट फर्कलान्; तब म तिनीहरूका अपराध र पाप क्षमा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्टकमहरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”