Jeremiah 36:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब म परमप्रभु तँ यहोयाकीम राजालाई भन्‍दछु कि तेरा कोही पनि सन्‍तानले दाऊदको राजगद्दीमा बस्‍न पाउनेछैन। तेरो लाश बाहिर फ्‍याँकिनेछ र त्‍यहाँ त्‍यो दिउँसो घाममा र राती तुषारोमा पडिरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण यहूदाको राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘दाऊदको सिंहासनमा बस्‍ने अब त्‍यसको कोही सन्‍तान हुनेछैन। त्‍यसको लाश दिउँसो घाममा र राती शीतमा पड़िरहने गरी फालिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: दावीदको सिंहासनमा बस्‍नका लागि त्यसको सन्तानबाट कोही पनि हुनेछैन। त्यसको शरीर बाहिर फ्याँकिनेछ र दिउँसोको गर्मी र रातको चिसो शीतमा छोडिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, परमप्रभुले यहूदाका राजा यहोयाकीमाको बारेमा भन्नुहुन्छ यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बस्नेछैन। जब यहोयाकीम मर्दछ, ‘उसको लाश भूइँमा फ्याँकिनेछ र दिनको गरम र रात चिसोमा त्यहीं रहनेछ।