Jeremiah 37:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले सारा बेबिलोनी सेनाहरूलाई नाश पारिस् र घाइतेहरूलाई तिनीहरूका पालमा सुताएर छोडिराखिस् भने पनि ती घाइते मानिसहरू फेरि उठ्नेछन् र यस सहरलाई जलाएर खरानी पार्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका विरुद्धमा लड्ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका विरुद्धमा आक्रमण गर्ने सम्पूर्ण बेबिलोनी सेनाहरूलाई परास्त गर्न तिमीहरू सफल भयौ भने तापनि तिनीहरूका पालहरूमा छोडिएका घाइते मानिसहरू बाहिर आएर यस सहरलाई जलाइदिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।”‘