Jeremiah 38:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मानिसहरू लिएर एबेद-मेलेकले राजमहलको भण्डारमा गई केही पुराना लुगाहरू लिए अनि ती लुगाहरू डोरीले बाँधेर मकहाँ खसालिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लगेर राजमहलको भण्डारमुनिको एउटा कोठामा गए, र त्यहाँबाट पुराना थोत्रा फाटेका लुगाहरू झिके, र तिनले इनारमा यर्मियाको लागि डोरीहरूले बाँधेर ती झारिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एबेद-मेलेकले आफूसँग ती मानिसहरू लिएर महलमा भएको भण्डारमुनिको कोठामा गए। तिनले त्यहाँबाट केही फाटेका र पुराना लुगाहरू लिए। अनि तिनले ती कपडाहरू डोरीमा बाँधेर खाडलभित्र यर्मिया अगमवक्ताकहाँ झारिदिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरबारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्यातिएका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए।