Jeremiah 38:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले सिदकियाहलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरका यी वचन सुनाएँ, “तैँले बेबिलोनका राजा भारदारहरूको शरण लिइस् भने तेरो प्राण बाँच्नेछ र यो सहर जलेर भस्म हुनेछैन। तँ र तेरा परिवार बाँच्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्पिदिइस् भने तेरो प्राण बाँच्नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यर्मियाले सिदकियाहलाई भने, “याहवेह सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि तैँले बेबिलोनको राजाका अधिकारीहरूको हातमा आफूलाई समर्पण गरिस् भने तँ जीवित रहनेछस्, र तिनीहरूले यो सहरलाई जलाएर भस्म पार्नेछैनन्; तेरो परिवारसहित तँ जीवित रहनेछस्।
Nepali ERV (पवित्र बाइबल)
तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।