Jeremiah 38:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तैँले उसको अघि आफूलाई समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ र तिनीहरूले यसलाई आगोले भस्‍म पार्नेछन् र तँ तिनीहरूका हातबाट भाग्‍न पाउनेछैनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्‍पिदिइनस्‌ भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्‍कनेछैनस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तैँले बेबिलोनका राजाका अधिकारीहरूको हातमा समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा सुम्पिनेछ, र तिनीहरूले यस सहरलाई जलाएर भस्म पार्नेछन्; तँ आफैँ पनि तिनीहरूका हातबाट उम्कनेछैनस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।”‘

Recommended Reading