Jeremiah 38:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर राजाले जवाफ दिए, “हामीलाई त्यागेर बेबिलोनीहरूतर्फ लाग्ने हाम्रा देशका मानिसहरूसित मलाई डर लाग्छ। बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान् र तिनीहरूले मलाई सताउलान्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा सिदकियाहले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ शरण लिन गएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान्, र तिनीहरूले मसँग दुर्व्यवहार गर्लान्।”
Nepali ERV (पवित्र बाइबल)
तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”