Jeremiah 38:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मैले भनें, “तपाईंका सबै स्‍वास्‍नीहरू र छोरा-छोरीहरू बेबिलोनीहरूकहाँ लगिनेछन् र तपाईं आफैं पनि तिनीहरूका हातबाट उम्‍कनुहुनेछैन। बेबिलोनका राजाले तपाईंलाई कैदी बनाई लैजानेछन्। यस सहरलाई जलाएर खरानी पारिदिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका सबै पत्‍नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्‍याइनेछन्‌। तपाईं आफै पनि उनीहरूका हातबाट उम्‍कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। तपाईं आफैँ पनि तिनीहरूका हातबाट उम्कनु हुनेछैन, तर बेबिलोनका राजाद्वारा कब्जामा पारिनुहुनेछ; अनि यो सहरचाहिँ आगोले जलेर भस्म पारिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
“तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”