Jeremiah 38:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सबै भारदारहरू आएर मलाई प्रश्न गरे र मैले राजाले भनेअनुसार नै तिनीहरूलाई जवाफ दिएँ। तिनीहरूले अरू केही गर्न सकेनन् किनभने हाम्रो कुराकानी कसैले सुनेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सबै अधिकारीहरू यर्मियाकहाँ आए, र तिनलाई सोधे; अनि यर्मियाले राजाले अधिकारीहरूलाई जे भन्ने आदेश दिएका थिए, ती हरेक कुरा तिनीहरूलाई भनिदिए। यसकारण अधिकारीहरूले यर्मियालाई अरू केही भनेनन्; किनकि राजासित भएको तिनको कुराकानी कसैले पनि सुनेका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।