Jeremiah 38:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राज-भारदारहरूले राजाकहाँ गएर भने, “यो मानिस मारिनैपर्छ। यस प्रकारका कुरा गरेर यसले सहरका सिपाहीहरूका साहस कमजोर पारिदिंदै छ र सहरमा रहेका अरू मानिसहरूका बीचमा पनि उसले त्यस्तै गर्दै छ। उसले मानिसहरूको भलो गर्ने काम गरेको छैन तर तिनीहरूको खति गर्न मात्र चाहन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अधिकारीहरूले राजालाई भने, “यस मानिसलाई मार्नैपर्छ, किनभने यसले यस्ता कुरा गरेर यस सहरमा बाँकी रहेका सिपाहीहरू र मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलो होइन तर तिनीहरूको हानि चाहन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अधिकारीहरूले राजालाई भने, “यो मानिसलाई मार्नुपर्छ; किनकि यसले मानिसहरूलाई भनिरहेका कुराहरूले यस सहरमा बाँकी रहेका सेना र सबै मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलाइ होइन, तर तिनीहरूको हानि गर्न चाहन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”