Jeremiah 38:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले मलाई लगेर राजकुमार मल्‍कियाहको इनारमा डोरीले सुर्काएर खसालिदिए। त्‍यो इनार राजदरबारको चोकमा थियो। त्‍यसमा पानी थिएन, खालि हिलो मात्र थियो र म हिलोमा भासिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्‍कियाहको पानीको इनार, जो गारदको चोकमा थियो, त्‍यसमा डोरीले सुर्काएर हालिदिए। यस इनारमा पानी थिएन तर हिलो मात्र थियो। अनि यर्मिया त्‍यस हिलोमा भासिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले यर्मियालाई लगेर राजाको छोरा मल्कियाहको पानीको खाडलमा हालिदिए। त्यो खाडल पहरेदारको चोकमा थियो। तिनीहरूले यर्मियालाई डोरीबाट तल अँध्यारो बन्द खाडलभित्र झारिदिए; त्यस अँध्यारो खाडलमा पानी थिएन, तर हिलो मात्र थियो; यसकारण यर्मिया हिलोमा भासिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।