Jeremiah 38:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तथापि राजदरबारमा काम गर्ने एउटा कूशी नपुंसक एबेद-मेलेकले मलाई इनारमा फालेको कुरा सुने। त्यस बेला राजाले बेन्यामीन मूल-ढोकामा आसन लिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा त्यस बेला बेन्यामीनको ढोकामा बसिरहेका थिए। जब यर्मिया इनारमा हालिएका कुरा राजदरबारका नपुंसक कूशी एबेद-मेलेकले सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजमहलका एक जना नपुंसक अधिकारी कूशी एबेद-मेलेकले तिनीहरूले यर्मियालाई बन्द खाडलमा हालेको कुरा सुने। त्यस बेला राजा बेन्यामीन ढोकामा बसिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।