Jeremiah 38:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे राजन्, यी मानिसहरूले दुष्ट काम गरेका छन्। यिनीहरूले यर्मियालाई इनारमा फालेका छन्। त्यो त्यहाँ निश्चय भोकले मर्नेछ किनभने अब सहरमा रोटी छँदैछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मेरा प्रभु, हे महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालिदिएर दुष्ट काम गरे। सहरमा रोटी सकिएपछि तिनी त त्यहाँ भोकै मर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा प्रभु महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई अति दुष्टतापूर्ण व्यवहार गरेका छन्। तिनीहरूले उनलाई खाडलभित्र खसालिदिएका छन्, जहाँ उनी भोकै मर्नेछन्; किनकि सहरमा अब केही खानेकुरा बाँकी छैन।”
Nepali ERV (पवित्र बाइबल)
मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”