Jeremiah 39:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफूसित केही पनि नभएका गरीब मानिसहरूलाई नबूजरदानले खेत र दाखबारीहरू दिएर यहूदा देशमा छोडिराखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर केही पनि नभएका केही गरीब मानिसहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले यहूदा देशमा छोड़िराखे, र तिनीहरूलाई उनले दाखबारी र खेतहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अङ्गरक्षकका सेनापति नबूजरदानले केही पनि नभएका मानिसहरूलाई यहूदामै छोडिदिए; अनि त्यस समय तिनले ती गरिबहरूलाई दाखबारी र खेतबारीहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएन तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए।