Jeremiah 39:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] राजमहलको चोकमा थुनिएकै बेलामा परमप्रभुले कूशी एबेद-मेलेकलाई यसो भन्‍न मलाई आदेश गर्नुभयो, “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ कि मैले भनेअनुसार म यस सहरमा विनाश ल्‍याउनेछु, फलिफाप होइन। त्‍यसो हुँदा त्‍यो तेरै आँखाले देख्‍नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गारदको चोकमा थुनिएको बेलामा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मिया पहरेदार चोकमा कैदमा रहेको बेला याहवेहको वचन तिनीकहाँ आएको थियो:
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको चोकमा जब प्रहारीहरूले यर्मियाहलाई देखरेख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो