Jeremiah 39:16 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गएर कूशी एबेद-मेलेकलाई भन्‌: ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: उन्‍नति गरेर होइन, तर विपत्ति ल्‍याएर यस सहरको विरुद्धमा मैले भनेका कुरा म पूरा गर्न लागेको छु। ती तेरै आँखाका सामुन्‍ने त्‍यो दिन पूरा हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गएर कूशी एबेद-मेलेकलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: म यस सहरको विरुद्धमा मेरा वचनहरू पूरा गर्न लागेको छु; उन्‍नति गरेर होइन, तर विपत्ति ल्याएर। त्यस समयमा तेरा आँखाकै सामु ती सबै पूरा भएको देख्नेछस्,
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया तिमी कूशी मानिस एबेदमेलेककहाँ जाऊ र यो सन्देश भन ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँचो भएको देख्नेछौ।