Jeremiah 39:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई म सुरक्षित राख्‍नेछु र तँ मारिनेछैनस्। आफ्‍नो प्राण जोगाएर उम्‍कनेछस् किनभने तैँले आफ्‍नो भरोसा ममाथि राखेको छस्। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई बचाउनेछु। तँ तरवारले मारिनेछैनस्, तर तैंले तेरो प्राण लिएर उम्‍कनेछस्, किनकि तैंले ममाथि भरोसा गर्छस्, परमप्रभु भन्‍नुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई बचाउनेछु। तँ तरवारद्वारा मारिनेछैनस्, तर तँ लुटको मालजस्तै जीवितै उम्कनेछस्; किनकि तैँले ममाथि भरोसा राखेको छस्, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमी तरवारले मारिने छैनौ। म तिम्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिम्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।”‘ यो सन्देश परमप्रभुको हो।