Jeremiah 39:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब सिदकियाह राजा र तिनका सबै सेनाले के भइरहेछ भन्‍ने देखे, तिनीहरूले राती नै सहरबाट भाग्‍ने चेष्‍टा गरे। तिनीहरू राजाको बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट छिरी यर्दनको बेसीतर्फ लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यहूदाका राजा सिदकियाह र सबै सिपाहीहरूले उनीहरूलाई देखे, तब तिनीहरू दुई पर्खालका बीचमा भएको ढोकाबाट छिरेर राजाको बगैँचाबाट भएर राती नै सहरदेखि बाहिर भागे, र अराबातिर लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यहूदाका राजा सिदकियाह र अरू सबै सेनाले बेबिलोनीहरूलाई देखे, तब तिनीहरू भागे; अनि तिनीहरू राजाको बगैँचाका दुई वटा पर्खालहरू बीचको मूलढोकाबाट निस्केर राति नै सहरबाट भागेर अराबातिर लागे।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखे। यसकारण उनी आफ्ना सिपाहीहरू सहित राजाको बगैंचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अराबा तिर लगे।