Jeremiah 4:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाढा देशबाट शत्रुहरू आउँदै छन् भनी यरूशलेमका बासिन्दाहरूलाई र जाति-जातिहरूलाई चेतावनी दिन तिनीहरू आएका छन्। यी शत्रुहरू यहूदाका सहरहरूको विरोधमा कराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जाति-जातिलाई यो भन्, यरूशलेमलाई यो घोषणा गर, ‘घेरा हाल्ने एक सेना आइरहेछ, र यहूदाका सहरहरूका विरुद्धमा युद्ध-ध्वनि उठाइरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो कुरा राष्ट्रहरूलाई भन्, यरूशलेमलाई यो घोषणा गर्: ‘यहूदाका सहरहरूको विरुद्धमा युद्धको ध्वनि सुनाउँदै, टाढा देशबाट घेरा हाल्ने सेनाहरू आउँदैछन्।
Nepali ERV (पवित्र बाइबल)
“जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाइँ घोषित गरिरहेका छन्।