Jeremiah 4:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पीडा, म यो पीडा सहन सक्दिनँ! मुटु! मेरो मुटु जोडले ढुकढुक भइरहेछ! म चुपचाप बस्न सक्दिनँ; म तुरहीको आवाज र लडाइँको कोलाहल सुन्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाय, मेरो वेदना, मेरो वेदना! पीडाले म मड़ारिन्छु! हाय, मेरो हृदयको वेदना! मेरो मुटु मभित्र हल्लिन्छ। म चूप लागी रहन सक्दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्वनि मैले सुनेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाय, मेरो पीडा! मेरो पीडा! म कष्टमा छटपटाउँछु! हाय, मेरो हृदयको वेदना! मेरो हृदय जोडसित धड्कन्छ! म चुपचाप रहन सक्दिनँ। किनकि मैले तुरहीको आवाज सुनेको छु; मैले युद्धको ध्वनि सुनेको छु।
Nepali ERV (पवित्र बाइबल)
हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।