Jeremiah 4:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घोडचढी र धनुर्धारीहरूको सोर सुनेर सबै भाग्‍नेछन्। कोही बनतिर भाग्‍नेछन्, अरूहरू चट्टानमाथि चढ्‍नेछन्, सबै सहरहरू खाली हुनेछन्, फेरि त्‍यहाँ कोही पनि बस्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्‍दाहरू भागेर जान्‍छन्, र तिनीहरूमध्‍ये कोही झाड़ीहरूमा पस्‍छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्‍लेर जान्‍छन्‌। सबै सहरहरू निर्जन भएका छन्, त्‍यहाँ कोही पनि बस्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घोडचढी र धनुर्धारीहरूको आवाज सुनेर सबै सहर भाग्नेछन्। तिनीहरू झाडीहरूतिर पस्‍नेछन्; अरूचाहिँ चट्टानमाथि उक्लनेछन्। सबै सहरहरू सुनसान हुनेछन्; ती सहरहरूमा कुनै मानिस बस्‍नेछैन।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। प्रत्येक शहर शून्य हुनेछ। त्यहाँ कोही पनि बस्ने छैन।