Jeremiah 40:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेनापति नबूजरदानले मलाई रामामा छोडिदिएपछि परमप्रभु मसित बोल्नुभयो। बेबिलोनतिर कैद गरी लगिएका यरूशलेमका र यहूदाका अरू मानिसहरूसित साङ्लाले बाँधेर लगिएको अवस्थामा तिनले मलाई भेट्टाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई साङ्लाले बाँधेर बेबिलोनमा लगिन लागेका यरूशलेम र यहूदाका अरू कैदीहरूका साथमा फेला पारेका थिए। उनले तिनलाई रामामा छोड़िदिएपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई रामा सहरमा छोडिसकेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। तिनले यर्मियालाई बेबिलोनमा कैद गरेर लगिन लागेका यरूशलेम र यहूदाका कैदीहरूसँग साङ्लाले बाँधिएको अवस्थामा भेट्टाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे।