Jeremiah 40:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही बेला मोआब, अम्‍मोन, एदोम र अरू देशहरूमा बास गर्ने इस्राएलीहरूले बेबिलोनका राजाले केही इस्राएलीहरूलाई यहूदामा रहन दिएका छन् र गदल्‍याहलाई तिनीहरूका बडा-हाकिम बनाएका छन् भनी सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मोआबमा, अम्‍मोनमा र एदोममा र अरू देशहरूमा भएका सारा यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदामा केही मानिसहरूलाई छोड़िराखेका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई राज्‍यपाल नियुक्त गरेका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोआब, अम्मोन, एदोम र अरू सबै प्रान्तहरूका यहूदीहरूले बेबिलोनका राजाले यहूदामा केही इस्राएलीहरूलाई रहन दिएका छन् र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि राज्यपाल नियुक्त गरिदिएका छन् भन्‍ने कुरा सुने;
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे।