Jeremiah 40:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण आफू तितरबितर भई बसेका ठाउँहरू तिनीहरूले छोडे र यहूदामा फर्किआए। तिनीहरू मिस्पामा गदल्याहकहाँ आए र त्यहाँ तिनीहरूले धेरै दाखमद्य र फलफूल जम्मा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै यहूदीहरू जहाँ-जहाँ तिनीहरू तितरबितर भएका थिए, ती ठाउँहरूबाट फर्केर यहूदा देशको मिस्पामा गदल्याहकहाँ आए। अनि तिनीहरूले प्रशस्त मात्रामा दाखमद्य र ग्रीष्म ऋतुका फलहरू जम्मा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू सबै छरपस्ट भएका प्रान्तहरूबाट यहूदाको देशमा गदल्याहकहाँ मिस्पामा फर्केर आए। अनि तिनीहरूले अङ्गुर र ग्रीष्म ऋतुका फलहरू प्रशस्त कटनी गरेर जम्मा गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।