Jeremiah 40:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका कोही-कोही अधिकृत र सिपाहीहरूले आफूलाई बेबिलोनीका हातमा समर्पण गरेका थिएनन्। तिनीहरूले सुने कि बेबिलोनका राजाले गदल्‍याहलाई देशका बडा-हाकिम खटाएर बेबिलोनमा कैद गरी नलगिएका देशका सबैभन्दा गरीब जन-समूहका अधिकारी बनाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनका राजाले अहीकामका छोरा गदल्‍याहलाई देशका राज्‍यपाल नियुक्त गरेका छन्‌ र देशका सबैभन्‍दा गरीब पुरुष, स्‍त्री र केटाकेटीहरूलाई, जो निर्वासित गरेर बेबिलोनमा लगिएका थिएनन्, ती जम्‍मैलाई तिनका हातमा सुम्‍पिदिएका छन्‌ भनी जब फौजका सबै अधिकृतहरू र बस्‍ती-बस्‍तीमा भएका तिनीहरूका मानिसहरूले सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई त्यस देशका राज्यपाल नियुक्त गरेका छन्; र त्यहाँका मानिसहरू, स्त्रीहरू र केटाकेटीहरू, जो देशमा गरिब थिए, र तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगिएको थिएन; अनि ती सबै तिनको जिम्मामा छन् भनेर जब त्यस बस्तीमा आत्मसमर्पण नगरी बसिरहेका सेनाका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने,
Nepali ERV (पवित्र बाइबल)
यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगिएका मानिसहरूको कल्याणार्थ अहिकमेको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्।