Jeremiah 40:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गदल्याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई आफ्नो वचन दिंदछु कि तिमीहरूले आफैंलाई बेबिलोनीहरूका हातमा समर्पण गर्ने कुरामा केही डर मान्नुपर्दैन। यस देशमा बसोबास गरेर बेबिलोनियाका राजाको सेवा गर र सबै कुरामा तिमीहरूको भलाइ हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई ढाड़स दिन यो शपथ खाएर भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई आश्वासन दिन फेरि यो शपथ खाएर तिनले भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, तब तिमीहरूको भलो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ।