Jeremiah 41:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि गदल्‍याहको हत्‍यापछि मिस्‍पाबाट कैद गरी इश्‍माएलले लगेका सिपाहीहरू, स्‍त्रीहरू र केटाकेटीहरू र नपुंसकहरू सबैका जिम्‍मा योहानान र उनीसित भएका फौजका कप्‍तानहरूले लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अहीकामका छोरा गदल्‍याहलाई मारेपछि नतन्‍याहको छोरो इश्‍माएलले गिबोनबाट ल्‍याएका बाँचेकाहरूलाई— सिपाहीहरू, स्‍त्रीहरू, केटाकेटीहरू र महलका अधिकृतहरूलाई कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले लगेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले मिस्पाबाट बाँचेर आएका सबै मानिसहरूलाई फर्काएर लगे, जसलाई नतन्याहका छोरा इश्माएलले गदल्याहलाई मारेपछि बन्दी बनाएका थिए। इश्माएलबाट योहानानले तिनीहरूलाई छुटाएर ल्याएका थिए। ती मानिसहरू यिनै थिए: सेनाहरू र अहीकामले गिबोनबाट ल्याएका स्त्रीहरू, केटाकेटीहरू र अदालतका अधिकारीहरू।
Nepali ERV (पवित्र बाइबल)
यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।