Jeremiah 41:5 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शकेम, शीलो र सामरियाबाट असी जना मानिसहरू आइपुगे। तिनीहरूले दाह्री खौरेका, लुगा च्यातेका र आफ्नै शरीरमा गहिरा-गहिरा चोट पारेका थिए। तिनीहरूले मन्दिरमा चढाउन अन्न-बलि र धूप ल्याएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शकेम, शीलो र सामरियाबाट दाह्री काटेका, लुगा च्यातेका र शरीर चिरै-चिरा काटेका असी जना मानिसहरू परमप्रभुको घरमा अन्नबलि र धूप चढ़ाउन आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेकेम, शीलो र सामरियाबाट आफ्ना दाह्री खौरेका, आफ्ना लुगा च्यातेका र आफ्ना शरीरलाई चिरा-चिरा पारेर काटेका असी जना मानिसहरू आफूसँग अन्नबलि र धूप लिएर याहवेहको भवनमा आए।