Jeremiah 41:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस दलमा दश जना मानिसहरू थिए, जसले इश्‍माएललाई भने, “कृपा गरी हामीलाई नमार्नुहोस्! हामीसित खेतमा लुकाइराखेका गहुँ, जौ, जैतुनको तेल र मह छ।” यसकारण तिनले तिनीहरूलाई मारेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूमध्‍येका दश जना मानिसले इश्‍माएललाई भने, “हामीलाई नमार्नुहोस्‌! हामीसित एउटा खेतमा लुकाइराखेका गहूँ, जौ, तेल र मह छन्‌।” यसैले त्‍यसले तिनीहरूलाई छोड़िदियो र अरूहरूसित तिनीहरूलाई मारेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूमध्ये दश जनाले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीले खेतमा गहुँ, जौ, जैतुन तेल र मह लुकाइराखेका छौँ।” यसकारण तिनले तिनीहरूलाई छोडिदिए, र तिनीहरूलाई अरूसँगै मारेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्।