Jeremiah 41:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इश्‍माएलले मारेका मानिसहरूका लाश जुन इनारमा फालेका थिए, त्‍यो कुवा खुब ठूलो थियो। त्‍यो कुवा आसा राजाले इस्राएलका राजा बाशाले आक्रमण गर्दा खनाएका थिए। इश्‍माएलले मानिसहरूका लाशले त्‍यो कुवा भरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो इनार, जहाँ इश्‍माएलले गदल्‍याह र अरू मानिसहरूलाई मारेर फालिदिएको थियो, त्‍यो त्‍यही इनार थियो, जो आसा राजाले इस्राएलका राजा बाशाको डरले गर्दा रक्षाको निम्‍ति खनाएका थिए। नतन्‍याहको छोरो इश्‍माएलले आफूले मारेका मानिसहरूले त्‍यो भरिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन खाडलमा तिनले गदल्याहसँगै अरू मानिसहरूलाई पनि मारेर तिनीहरूका मृत शरीरहरू फ्याँकेका थिए, त्यो खाडल राजा आसाले इस्राएलका राजा बाशाको आक्रमणबाट बच्न भनी बनाएका थिए। तर नतन्याहका छोरा इश्माएलले त्यसलाई लासैलासले भरिदिए।
Nepali ERV (पवित्र बाइबल)
नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिञ्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इस्राएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।