Jeremiah 42:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘तिमीहरू यसै देशमा बसोबास गर्न राजी छौ भने म तिमीहरूलाई बनाउनेछु तर भत्काउनेछैनँ। म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ। तिमीहरूमाथि मैले ल्याएको विनाशले मलाई ठूलो कष्ट दिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउनेछैनँ, म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दु:खित छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘यदि तिमीहरू यस देशमै रह्यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु।
Nepali ERV (पवित्र बाइबल)
‘यदि तिमीहरू साँचै यस देशमा बसथ्यौ भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दुखित छु।