Jeremiah 42:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-15] “तर तपाईं यहूदामा बाँकी रहनुहुनेहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा नमानेर ‘यस देशमा बास गर्दैनौं,’ भन्नुहुँदैन। तपाईंहरूले यसो भन्नुहुँदैन, ‘अँहँ हामी मिश्रमा गएर बस्नेछौं, जहाँ हामीले फेरि लडाइँ देख्नुपर्नेछैन, लडाइँको सोर सुन्नुपर्नेछैन वा भोक खप्नुपर्नेछैन।’ त्यसो भन्नुभयो भने जवाफमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरूले मिश्रमा गई बास गर्ने पक्का गरेका छौ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तापनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका हुकुम पालन गरेनौ भने, र ‘हामी यस देशमा बस्नेछैनौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तापनि यदि तिमीहरूले यसो भन्यो भने, ‘हामी यस देशमा बस्नेछैनौँ;’ अनि यसरी याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गरेनौ भने,
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरू भन्छौ, ‘हामी यस देशमा बस्ने छौ,’ तब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ।