Jeremiah 42:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘जसरी मेरो रिस र प्रचण्ड क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएको थियो, त्यसरी नै तिमीहरू मिश्रदेशमा गई बस्यौ भने मेरो प्रचण्ड क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरूको दशा हेर्दा डरलाग्दो हुनेछ, मानिसहरूले तिमीहरूलाई गिल्ला र घृणा गर्नेछन् र सराप दिंदा तिमीहरूको नाम लिएर सराप दिनेछन्। यो देश तिमीहरूले फेरि देख्नेछैनौ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘जसरी मेरो रीस र क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएका थिए, त्यसरी नै तिमीहरू मिश्रदेशमा गयौ भने मेरो क्रोध तिमीहरूमाथि पनि खनिनेछ। तिमीहरू सराप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै देख्न पाउनेछैनौ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘जसरी मेरो रिस र क्रोध यरूशलेममा बस्नेहरूमाथि खन्याइएको छ, त्यसरी नै तिमीहरू इजिप्टमा जाँदा मेरो क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरू श्राप र त्रास, दोष र निन्दाका पात्रहरू बन्नेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै पनि देख्नेछैनौ।’
Nepali ERV (पवित्र बाइबल)
“सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध वर्षाउनेछु। तिमीहरू श्राप, श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’