Jeremiah 42:2 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्मिया अगमवक्ताकहाँ भेट गर्न आए, र तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्नुहोस्, र परमप्रभु तपाईंका परमेश्वरसित यी बाँचेकाहरूका निम्ति बिन्ती गरिदिनुहोस्। किनकि तपाईं आफ्नै आँखाले देख्नुहुन्छ कि हामी त्यति धेरै थियौं तर अब थोरै मात्र रहेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ता यर्मियाकहाँ गएर तिनलाई भने, “कृपया, हाम्रो बिन्ती सुन्नुहोस् र हामी सबै बाँचेकाहरूका निम्ति याहवेह तपाईंका परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। किनकि तपाईं आफैँले अहिले देख्नुभएझैँ, हामी एक समयमा धेरै भए तापनि अहिले हामी सानो अवशेषको रूपमा छौँ।
Nepali ERV (पवित्र बाइबल)
ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौ तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं।