Jeremiah 42:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कि तपाईंहरूले घातक भुल गर्दै हुनुहुन्‍छ। तपाईंहरूले मलाई परमप्रभु हाम्रा परमेश्‍वरसित प्रार्थना गरिदिन भन्‍नुभयो र उहाँले दिनुभएको हरेक आज्ञा पालन गर्ने प्रतिज्ञा पनि गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि तिमीहरूले एउटा घातक भूल गर्‍यौ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ यसो भनेर पठायौ, ‘परमप्रभु हाम्रा परमेश्‍वर जे भन्‍नुहुन्‍छ त्‍यो सबै हामीलाई बताइदिनुहोस्‌ र हामी त्‍यो गर्नेछौं’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरूले मलाई याहवेह तिमीहरूका परमेश्‍वरकहाँ पठाएर ‘हाम्रा निम्ति याहवेह हाम्रा परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। उहाँले भन्‍नुभएको सबै कुरा हामीलाई बताइदिनुहोस्, र हामी त्यो पालन गर्नेछौँ,’ भनेर तिमीहरूले ठूलो भूल गरेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसंग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’