Jeremiah 42:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अहिले उहाँको वचन मैले सुनाएँ। जुन आज्ञा सुनाउन परमप्रभु हाम्रा परमेश्वरले मलाई यहाँ पठाउनुभयो, ती आज्ञाहरू एउटै पनि पालन गर्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज मैले तिमीहरूलाई त्यो बताइदिएको छु। तर जे कुरा भन्नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, ती सबै कुरामा परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञापालन तिमीहरूले अझै गरेका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिमीहरूलाई भन्नू भनेर मलाई पठाउनुभएका सबै कुराहरू आज मैले तिमीहरूलाई बताएको छु, तर तिमीहरूले याहवेह आफ्ना परमेश्वरको आज्ञा अझै पनि पालन गरेका छैनौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ।