Jeremiah 42:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उत्तर दिएँ, “हुन्छ, तपाईंहरूले भनेअनुसार म परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नेछु र उहाँले जे उत्तर दिनुहुन्छ, त्यो तपाईंहरूलाई बताउनेछु। म तपाईंहरूबाट केही लुकाउनेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनें। म परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले बिन्ती गरेअनुसार प्रार्थना गरिदिनेछु, र परमप्रभुले जे भन्नुहुन्छ, सो सबै तिमीहरूलाई बताइदिनेछु। म केही कुरा पनि तिमीहरूदेखि लुकाउनेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”