Jeremiah 42:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले मलाई भने, “परमप्रभु हाम्रा परमेश्वरले हाम्रा निम्ति जुन आज्ञाहरू तपाईंद्वारा दिनुहुनेछ, ती हामीले पालन गरेनौं भने उहाँ नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले तपाईंद्वारा पठाउनुभएका कुराअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हामीहरूका विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्वरले तपाईंलाई भन्न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्।
Nepali ERV (पवित्र बाइबल)
तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँचो र विश्वासी साक्षी रहुन् हुन्छ। हामी जान्दछौ परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्।