Jeremiah 43:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसर आएर मिश्रलाई जित्‍नेछ। जसले रुढीबाट मर्नुछ, ती रुढीले मर्नेछन्, जो कैदमा लगिनुछ, ती कैदमा जानेछन् र जसले लडाइँमा मारिनुछ, ती लडाइँमा मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आएर मिश्रदेशलाई आक्रमण गर्नेछ, र मृत्‍युको लागि लेखिएका भए मृत्‍युमा नै, कैदमा जानुपर्नेहरू कैदमा, तरवारले मारिनुपर्नेहरू तरवारतिरै जाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो आउनेछ र त्यसले इजिप्टमाथि आक्रमण गर्नेछ; अनि मृत्युको निम्ति छुट्याइएकाहरूमा मृत्यु नै आउनेछ, कैदको निम्ति छुट्याइएकाहरू कैदमा नै जानेछन्, र तरवारका निम्ति छुट्याइएकाहरू तरवारले काटिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले जो मर्नु पर्नेछ तिनीहरूका लागि मृत्यु ल्याउनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ।