Jeremiah 43:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब योहानान र फौजका अधिकृतहरू सबैले मिलेर यहूदामा रहेका बाँकी मानिसहरू सबैलाई मिश्रमा लगे। तितरबितर भई जाति-जातिबाट फर्किआएका सबै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको सट्टा यहूदाका बाँकी रहेका जम्‍मै मानिसहरूलाई, जो जाति-जातिहरूका बीचमा तितरबितर भएर फेरि यहूदामा बस्‍नलाई फर्किआएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरूले लगे—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्‍नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए।