Jeremiah 43:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पुरुषहरू, स्‍त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरूलाई पनि तिनीहरूका साथमा लगे। सेनापति नबूजरदानले गदल्‍याहका जिम्‍मामा छोडिएको हरेकलाई म र बारूकसमेत तिनीहरूले लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुरुषहरू, स्‍त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्‍याहको हातमा सुम्‍पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति अहीकामका छोरा गदल्याहको जिम्मामा छोडेकाहरू—पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरू, यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकसमेत सबै मानिसहरूसँगै तिनीहरूले लगे।
Nepali ERV (पवित्र बाइबल)
अहिले, योहानान र सबै सैन्य हाकिमहरूले सम्पूर्ण लोग्नेमानिसहरू, स्त्रीमानिसहरू, नानीहरू, राजकुमारीहरू अनि सबै अरू मानिसहरू जसलाई बाबेल राजाको विशेष रक्षाहरूका कप्तान नबूजरदानले गदल्याहको जिम्मामा छोडेका थिए तिनीहरूलाई मिश्रमा लगे। योहानानले अगमवक्ता यर्मिया अनि नेरियाहको छोरो बारूकलाई पनि लगे।