Jeremiah 43:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“केही ठूल्‍ठूला ढुङ्गाहरू ले र सहरमा सरकारी भवनका ढोका अघिको बाटोमा छापेका इँटामुनिको माटोमा केही इस्राएलीहरूले हेरेको बेलामा गाडिराख्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तेरा हातमा ठूलाठूला ढुङ्गा ले, र यहूदीहरूले हेरिरहेकै समयमा तहपनेसमा भएको फारोका महलको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि हिलोमा ती गाड़िराख्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदीहरूले हेरिरहेका बेला, तैँले आफूसँग केही ठूला ढुङ्गाहरू लिनू, र तहपनेसमा भएको फारोको राजमहलको प्रवेशद्वारको बाटोमा छापेका इँटामुनिको माटोमा ती ढुङ्गालाई गाडिदिनू।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुले यर्मियालाई भने, ठूलठूलो ढुङ्गाहरू हातमा ल्याऊ र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटालेमा छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर।