Jeremiah 44:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आजसम्‍म तिमीहरू नम्र बनेका छैनौ। तिमीहरूले मेरो आदर गरेका छैनौ, नत मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएका नियमअनुसार जीवन बिताएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आजको दिनसम्‍म पनि तिनीहरूले आफैलाई नम्र तुल्‍याएका छैनन्, अथवा मलाई आदर गरेका छैनन्, न मेरा व्‍यवस्‍था र विधिहरूमा तिनीहरू चल्‍छन्, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूका सामुन्‍ने राखेको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आजको दिनसम्म तिनीहरूले आफूलाई विनम्र तुल्याएका छैनन्, अथवा मप्रति आदर देखाएका छैनन्, न त मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूको अगि स्थापित गरेका व्यवस्था र विधिहरू नै तिनीहरूले पालन गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
अहिले सम्म यहूदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुसरण गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।”