Jeremiah 44:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदामा छोडिएका बाँकी मानिसहरू, जो मिश्रमा बसोबास गर्न आएका छन्, कोही पनि उम्कने वा बाँच्नेछैनन्। तीमध्ये एक जना पनि यहूदामा फर्कनेछैन, जहाँ तिनीहरू फेरि एक पल्ट बसोबास गर्न चाहन्छन्। मिश्रबाट भाग्ने थोरै मानिसहरूबाहेक अरू कोही फर्कनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका बाँकी रहेकाहरू जो मिश्रदेशमा प्रवासी भएर बस्नलाई गएका छन्, तिनीहरूमा एउटै पनि बाँच्नेछैन न उम्कनेछ, र तिनीहरूले यहूदा देशमा फर्केर बस्ने इच्छा गरे तापनि केही शरणार्थीहरूबाहेक तिनीहरू एउटै पनि फर्कन पाउनेछैनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका बाँकी रहेका मानिसहरू, जो इजिप्टमा बसोबास गर्नलाई गएका छन्; तिनीहरू कसैले यहूदाको मुलुकमा फर्केर बस्ने इच्छा गरे तापनि फर्कनेछैनन्; तिनीहरूमध्ये ती उम्केकाहरूबाहेक कोही पनि फर्कन पाउनेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
यहूदामा जीवितहरू रहेका जो मिश्रमा फर्कन्छन् तिनीहरू मध्ये म कसैलाई पनि जीवित राख्दिन। तिनीहरू मध्ये कसैले यहूदामा फर्की बस्ने इच्छा गरे पनि केही बाहेक कोही पनि बाँच्ने छैनन्।”