Jeremiah 44:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामीले स्‍वर्गकी रानी देवीलाई बलिदान र मद्यबलि चढाउन छोडेदेखि हामीले केही पाएका छैनौं तर हाम्रा मानिसहरू लडाइँ र अनिकालमा मरेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर स्‍वर्गकी रानीलाई धूप बाल्‍न र अर्घ-बलि चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदैआएको छ, अनि तरवार र अनिकालद्वारा हाम्रो पतन हुँदैगएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्‍ट भइरहेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू छोडयौ। उनमाथि हामीले अर्घबलि चढाउन छाडयौ। जब हामीले उनलाई त्यसरी पूज्न छाडयौ प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।”