Jeremiah 44:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुरा थप्दै स्त्रीहरूले यसो भने, “जब हामी स्वर्गकी रानीको आकारमा फुरौला बनाउँथ्यौं र तिनलाई बलिदान र मद्यबलि चढाउँथ्यौं, तब हामीले गरेका सबै काममा आफ्ना लोग्नेको सहमति पाउँथ्यौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्त्रीहरूले अझ थपे, “जब हामीले स्वर्गकी रानीको निम्ति धूप बाल्यौं र अर्घ-बलि चढ़ायौं, तब के हामीले आफ्ना पतिहरूको सहमतविना नै स्वर्गकी रानीको आकारजस्ताका फुरौला पोल्यौं र अर्घ-बलि चढ़ायौं र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीहरूले थप्दै यसो भने, “जब हामीले स्वर्गकी रानीलाई धूप बाल्दा र तिनलाई अर्घबलि चढाउँदा के हाम्रा पतीहरूले हामीले तिनको मूर्तिको आकारमा फुरौला बनाउँदैछौँ, र तिनलाई अर्घबलि चढाउँदैछौँ भन्ने कुरा जान्दैनथिए र?”
Nepali ERV (पवित्र बाइबल)
तब स्वास्नीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौं अनि अर्घबलिहरू अपर्ण गर्यौ, हाम्रा पतिहरूले जान्देथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मूर्ति भएको केकहरू बनायौ हाम्रा पतिहरूले जान्दथे।”