Jeremiah 44:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभयो, “यरूशलेम र यहूदाका अरू सबै सहरहरूमाथि मैले ल्‍याएको विनाश तैँले आफ्‍नै आँखाले देखिस्। अहिले पनि ती सहरहरू ध्‍वस्‍त छन् र त्‍यहाँ कोही मानिस बस्‍दैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यरूशलेम र यहूदाका सबै नगरहरूमा मैले ल्‍याएको ठूलो सर्वनाश त तिमीहरूले देखेकै छौ। आज ती उजाड़ र भग्‍नावशेष भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले यरूशलेम र यहूदाका सबै सहरहरूमाथि ल्याएको ठूलो विपत्ति तिमीहरूले देखेका छौ। आज ती उजाड र ध्वस्त अवस्थामा छन्।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ; “मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेषमा मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन।