Jeremiah 44:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू, तिमीहरूका पुर्खाहरू, राजाहरू र अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा बलिदानहरू चढाउँथे— तिनका बारेमा के तिमीहरू परमप्रभुलाई केही थाहा थिएन भन्ठान्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू, तिमीहरूका पिता-पुर्खाहरू, तिमीहरूका राजाहरू, तिमीहरूका पदाधिकारीहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूमा धूप जलाएका विषयमा के परमप्रभुलाई स्मरण थिएन र? के उहाँले विचार गर्नुभएन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू, तिमीहरूका पितापुर्खाहरू, तिमीहरूका राजाहरू र तिमीहरूका अधिकारीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा जलाएको धूपको बारेमा के याहवेहले बिर्सनुभएको छ अनि के यो कुरा उहाँलाई थाहा छैन र?
Nepali ERV (पवित्र बाइबल)
यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ।