Jeremiah 44:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आजको दिन तिमीहरूको देश ध्वस्त भएर पडिरहेको छ र कोही पनि त्यहाँ बास गर्दैन। त्यसको दशा डरलाग्दो छ। मानिसहरूले त्यसको नाम सरापको रूपमा प्रयोग गर्छन् किनभने परमप्रभुले तिमीहरूका दुष्ट र पापी कामहरू अरू बढी सहन सक्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभुले तिमीहरूका दुष्ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्दाविना उजाड़ भएको थियो, जस्तो आज पनि छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले गरेका तिमीहरूका दुष्ट र घिनलाग्दा कामहरूलाई याहवेहले अझ सहन सक्नुभएन, तब तिमीहरूको देश श्रापित भयो र कुनै बासिन्दा नरहने गरी उजाड भयो, जुन आजको दिनसम्म त्यस्तै छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ.